राप्ती नदीमा विद्यार्थी बोकेको डुङ्गा दुर्घटना

दाङ | भदौ २, २०७९

राप्ती नदीमा विद्यार्थी बोकेको डुङ्गा दुर्घटना

 

दाङ । दाङको राप्ती नदीमा विद्यार्थी बोकेको डुङ्गा दुर्घटना भएको छ । विद्यार्थी बोकेर नदी पार गर्न लागेको उक्त डुङ्गा दुर्घटना हुँदा २५ विद्यार्थी घाइते भएका छन् । 

 

जिल्ला प्रहरी कार्यालयका प्रमुख सुरेश काफ्लेले दिएको जानकारी अनुसार दुर्घटनामा परेकामध्ये गम्भीर घाइते तीन विद्यार्थीको लमहीमा उपचार जारी छ । क्षमताभन्दा तीन÷चार गुणा बढी विद्यार्थी बोकेका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ । 

 

प्रहरीका अनुसार आज बिहान ९ बजेतिर लमही नगरपालिका– ९ बाट डुङ्गा चढेर राप्ती नदी पार गरी राजपुर–७ स्थित मावि सिक्टामा अध्ययनका लागि जान लागेका थिए । लमही–९ तरुलियाका सिक्टा माविमा कक्षा ६ मा अध्यनरत १३ वर्षीय मनिष विक, सोही कक्षामा अध्यनरत १२ वर्षीया रीमा राम्जाली, कक्षा ९ मा अध्यनरत १६ वर्षीय सन्दिप विकको लमहीमा उपचार जारी रहेको छ । यीबाहेक अन्य सबै विद्यार्थीको अवस्था सामान्य रहेको छ ।

 

विद्यार्थी सवार डुङ्गा पल्टिएपछि उनीहरुका कापी, किताब, झोला सबै भिजेर नष्ट भएका छन् । दुर्घटना भएको देख्ने बित्तिकै स्थानीयवासीले बालबालिकाको उद्धार गरेका थिए ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्